डिजेल र मट्टितेलको मूल्य ६ रुपैयाँले वृद्धि, पेट्रोलको मूल्य यथावत


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । बिहीबार साँझ निगम सञ्चालक समितिको बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ । निगमले पेट्रोल, ह्वाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै कायम गरेको छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य १८१, हवाइ इन्धन (आन्तरिक) १९०, हवाइ इन्धन (बाह्य) १.६४५ डलर र एलपी ग्यास (प्रतिसिलिन्डर) १ हजार ८ सय रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment