झापाकाे पिपलडाँगीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

 ८ आश्विन २०७९, शनिबार 


झापा ।झापाकाे पिपलडाँगीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका- ४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मेची राजमार्ग अन्तरगत मेचीनगर १२ स्थित पिपलडाँगीमा गए राति करिब ११ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएकोमा दुई जनाको शनिवार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी प्र-१-०१-०१४ प ३३५० मोटरसाइकलको पछाडि सवार कनकाई- ४ निवासी राम बहादुर अधिकारी घाइते भएका छन ।
यता प्रहरीले दुवै मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment