झापाको अर्जुनधारामा हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पूरा


झापा । झापाको अर्जुनधारामा आइतबारदेखि हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित कैदलेको प्राकृतिक खेल मैदानमा भोलिबाट संचालन हुन लागेको प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब (सीवाईस)ले जनाएको छ ।
असोज ९ गते उद्घाटन हुने प्रतियोगितामा आयोजक जुनतारा महिला फुटबल क्लबसहित रोयल फुटबल क्लब दमक, इलाम महिला फुटबल क्लब, मोरङको पथरी शनिश्चरे फुटबल क्लब, सुनसरीको सुनसरी फुटबल संघ, उदयपुरको उदयपुर ११, धनकुटाको धनकुटा फुटबल कलब र ताप्लेजुङको ताप्लेजुङ ११ ले सहभागिता जनाउने छन् ।


असोज १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ । उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च अनुमान गरिएको प्रतियोगिता मुल आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिइन् ।
प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको सहआयोजकमा जुनतारा महिला फुटबल क्लबले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment