करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु

 २६ भाद्र २०७९, आईतवार 

झापा । झापाको छुट्टा–छुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।
याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाईते रसाईलीको बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो ।
यता हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका–५ हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा घाईते भएका मेचीनगर नगरपालिका–११ धाइजनका ४७ बर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाइएपनि लुकिछिपि माछा मार्ने क्रम रोकिएको छैन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment