इलाममा सवारी साधनवाट तेल चोरी गर्ने २ जना पक्राउ


इलाम, २७ भाद्रः जिल्ला प्रहरी कार्यालय इलामले पार्किङ गरी राखेको सवारी साधनवाट डिजेल चोरी गर्ने २ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ९ बस्ने बर्ष २८ को डम्बर बहादुर तामाङ र सोही स्थान बस्ने बर्ष २३ को मान बहादुर मोक्तान रहेका छन । 

उनीहरुले इलाम नगरपालिका  ९ स्थितमा पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परको ट्यांकीबाट ५० लिटर डिजल चोरी गरेका हुन् । विगतमा पनि सो स्थानमा पार्किङ गरी राखेका सवारी साधनहरूवाट तेल चोरी हुने गरेको गुनासो आई रहेको र बुधबार रातको समयमा पनि पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परको चोरी गरेको भन्ने सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले शंकित व्यक्तिहरूको घर खानतलासी गर्ने क्रममा उनीहरूकाे घरवाट चोरी भएको डिजल समेत फेला पारी बरामद गरेको थियो । 

गरी निजहरु समेतलाई सोधपुछ  पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परबाट डिजल चोरी गरी घरमा लुकाई राखेको कुरा स्वीकार गरेका हुँदा निजहरूलाई पक्राउ गरी  इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक तेजवहादुर दाहालले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment