१ लाख १५ हजार जनाका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

२६ भाद्र २०७९, आईतवार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खुलाएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयले १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । योग्य र नेपाली नागरिकले यहीँ भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि दरखास्त दिन सक्ने छन् ।
म्यादीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्ने हुनुपर्छ । यसरी दरखास्त दिँदा रीतपूर्वक फारम भरी सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment