- बिमल अधिकारी
देउमाइ ११ असोजः २०४१ सालबाट निरन्तर सञ्चालन भैरहेको पानीटार बडादशैँ कप अडतिसौ पटक आयोजना भएको छ। फुटबल खेल देउमाइ नगरपालिका वडा नम्बर तीनको पर्यटकिय क्षेत्र पानीटारको खेल मैदानमा प्रत्येक बर्षको बिजयादशमीको अवसरमा आयोजना हुने गरेको छ। बितेका दुई बर्ष कोरोना कहरका कारण खेल संचालन हुन सकेको थिएन।
सामुदायिक विकास समाज पानीटारको आयोजनामा हुँदै गरेको फुटबल यसपटक असोज आठ गतेबाट सञ्चालन भई रहेको छ। इलामका विभिन्न १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिता ८ गतेबाट सञ्चालन भई रहेको छ । आज पहिलो चरणका अन्तिम खेल अन्तर्गत पहिलो खेलमा नागी फुटबल क्लब र सप्तरङ्गी फुटबल क्लब तथा दोस्रो खेल फत्तेजुङ्ग र साब्जुङ फुटबल क्लब बिच भएको थियो । जस्मा नागी फुटबलले शुन्यका बिरुद्द तीन गोलले सप्तरङ्गी फुटबल टिमलाइ पराजित गरेको छ भने दोस्रो खेलमा फत्तेजुङले एकका बिरुद्द तीन गोल गरि साब्जुङ फुटबललाइ पराजित गरेको छ।
प्रतियोगितामा बिजेता टिमले नगद रु पचास हजार तथा उपबिजेताले नगद रु तीस हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट खेलाडी, तथा सर्बाधिक गोलकर्ताले समेत पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।
नेपाल आइसको प्रयोजन रहेको खेलको फाइनल भने असोज १९ गते बिजयादशमिको दिन हुनेछ।
0 comments:
Post a Comment