इलामका प्रहरी प्रमुख दिलिप घिमिरे देशभरीको कार्य सम्पादमा सर्वोत्कृट प्रहरी प्रमुख


इलाम, ३ कातिकः इलामका प्रहरी प्रमुख दिलिप घिमिरे देशभरीको कार्य सम्पादमा सर्वोत्कृट प्रहरी प्रमुख भएका छन् । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७९ बमोजिम देशै भरीका जिल्ला प्रहरी कार्यालयहरु मध्ये जिल्ला प्रहरी कार्यालय इलाम प्रथम भएको हो । 


इलाम जिल्ला प्रहरी कार्यालय देशभरीका जिल्ला प्रहरी कार्यालयहरुमा प्रथम भए पछि प्रहरी दिवसको अवसरमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेलाई  प्रशंशा  पत्र दिएर सम्मान गरिएको थियो । 
यसै गरि घिमिरेले  मुल्याङ्कनमा खटिइ निष्पक्ष तथा पारदर्शी मुल्याङ्कन  गर्नुभएकोमा सम्पुर्ण मुल्याङ्कन कर्ताहरुको समुह, जिल्ला प्रहरी कार्यालय इलाम मातहत समेतका प्रहरी युनिटहरुमा खटिनुभएका सम्पुर्ण प्रहरी कर्मचारीहरू,अन्य सम्बन्धित निकाय तथा महानुभावहरुमा जिल्ला प्रहरी कार्यालय इलामलाई धन्यवाद समेत दिनु भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment