१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

८ पुष २०७९, शुक्रबार


काठमाडौँ । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरीले जानकारी दिएकाे छ ।

ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment