इलामको मंगलबारेमा शनिबार इलाम र देउमाई विच टी–ट्वान्टी क्रिकेट प्रतियोगिता


इलाम, ८ पुसः इलाम देउमाई नगरपालिकाको मंंगलबारेमा शनिकार क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगिता त्रिवेणी युथ क्लब देउमाई र इलाम क्रिकेट एकाडोमी फोर युथविच हुने छ । प्रजवल खत्रीको कप्तानीमा इलाम मैदनमा उत्रने छ भने देउमाई स्वतिक मण्डलको कप्तानीमा रहने छ । 
इलाममा थोरै मात्र क्रिकेट प्रतियोगिता हनुे भएकोले पनि इलामका खेलाडिले खेल अभ्यास गर्न नपाएकाे अवस्थामा  यस्ता प्रतियोगिताले खेलाडीलाई फाइदा पुर्‍याउँदछ । 
इलाममा भर्रखरै सिनियर क्रिकेटरहरुको प्रतियोगिता समाप्त भएको छ भने विद्यालय स्तरको प्रतियोगिताको फाइनल खेल आइतबार ठूलो टुँडिखेलमा साँखेजुङको वीवी मेमोरिल र इलामको समाता निकेतन विच हुने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment