बाख्रा फर्ममा आगलागी हुँदा झन्डै ८० लाखको क्षति

२८ मंसिर २०७९, बुधबार


ओखलढुंगा । बाख्रा फर्ममा आगलागी हुँदा झन्डै ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको मोलुङ गाउँपालिका १ कुन्तादेवीमा स्थानीय संजय खत्रीले सञ्चालन गरेको फर्ममा गएराती आगलागी भएको हो ।
आगलागीमा परि १ सय २५ वटा खसी बाख्रा जलेर मरेका छन् भने फर्मको भौतिक संरचना समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । राती झन्डै १ बजेतिर फर्ममा विद्युत सट भएर आगलागी भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।
उनका अनुसार फर्ममा आगलागी भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली त्यसतर्फ खटेको थियो । प्रहरी र स्थानीयको प्रयासमा झन्डै ३ घण्टाको प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment