- गोबिन्द पौडेल
करिव ३ सय २५ परिवारका १३ सय नागरिकहरुको लागि वडाको स्वास्थ्य चौकि अपायक रहेकोमा २०७७ सालदेखी निर्माण थालिएको भवन निर्माण सम्पन्न भई आइतबारबाटअहेव बिकास गजमेरले सेवा दिन थालेका हुन ।
भवन निर्माणको लागि रोङ गाउपालिकाले२०७७ मा ५लाख, २०७८मा ३ लाख २०७९ मा ७० हजार र नमुना बिकास केन्द्र मार्फत स्पेन्ड डिरिक ले १ लाख ५० हजार गरि कुल १० लाख ३० हजारको लागतमा सम्पन्न भएको हो । भवन निर्माणको लागि नारायण प्रधानले १० आना जग्गा निशुल्क दान गरेको समितिका समितिका सचिव रन्जित साङपाङले बताए ।
उक्त आधारभुत स्वास्थ्य केन्द्रबाट सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, किटजन्य रोगको रोकथाम, नियमित मासिक खोप,दैनिक ओपिडि ड्रेसिङ र निशुल्क ९८ प्रकारका औषधि बितरण हुने रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
यता रोङ गाउपालिका वडा न ३ को याङ्ग्रेमा नवनिर्मित गाउघर क्लिनिकको पनि उद्घाटन गरिएको छ । बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर ,क्षयरोगी खोजि अभियान सहित खोपकेन्द्रको उद्घाटन गरिएको हो ।शिबिरमा पशुपतिनगर प्राथामिक स्वास्थ्य केन्द्रका डा बिमल श्रेष्ठ र डाक्टर रजित चौधरीबाट १ सय २८ जनाको स्वास्थ्य परिक्षण र औषधि बितरण गरिएको थियोभने क्षयरोग परिक्षणको लागि ५० जनाको खकारको सकलन गरि जिल्ला स्वास्थ मा लगिएको छ ।
हालसम्म रोङका नागरिकहरुलाई सहज स्वास्थ सेवादिन १ आयुर्वेद,४ स्वास्थ्य चौकि ३ आधारभुत स्वास्थ्य केन्द्र ,दुई सामुदायिक स्वास्थ्य एकाई गरि १० स्वास्थ्य सस्थाहरुमा ४२ जना स्वास्थ कर्मिहरु कार्यरत रहेको स्वास्थ शाखा प्रमुख काफ्लेले बताए ।
मानव बिकास सुचाकाङ्क उन्नति राख्न सहज स्वास्थ्य सेवामा नागरिकहरुको पहुच बिस्तार गर्दै शहश्राब्दि बिकाशको लक्ष्यमा पुग्न रोङ गाउपालिको स्वास्थ्य गति निक्कै तिब्र बनेको नागरिकहरुको भनाई रहेको छ ।

0 comments:
Post a Comment