झापामा ट्रकको ठक्करबाट इलाम रोङकी २३ वर्षीया उषा राईको मृत्यु

 ५ पौष, २०७९


झापाको चारआलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार राति ८ः३० बजे मेचीनगर नगरपालिका १३ चारआली बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ३३३६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इलाम रोङ गाउँपालिका ६ बस्ने २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक ३२ वर्षीय केशर राई र उषा गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याईएको थियो । उषालाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक केशर सकुशल रहेका छन् ।
दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङ गाउँपालिका १ बस्ने ३१ वर्षिय सुन्दरराज आङदम्बेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । मोटरसाइकलमा दाजुबहिनी सवार थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment