विद्यालयमा केयाप्टेन छान्न निर्वाचनः इलामको रोङको सरस्वती माविमा सजोग विजयी


रोेङ ९ पुसः  इलाम रोङको सरस्वती माध्यामिक विद्यालयमा शुक्रबार भएको  निर्वाचनमा  पाच जना प्रतिस्पधिलाई पछि पार्दै सजोग साङपाङ बिजयी भएका छन् ।

विद्यालयमा स्कुल क्याप्टेन र उप क्याप्टेन छनौटको लागि गरिएको  निर्वाचनमा क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत छात्र सजोग साङपाङले जुनु रार्ईलाई पाच मतले उछिनेका थिए । जुनुले २९ मत पाउदा सजोगले ३४ मत ल्याएका थिए ।यसैगरि उप क्याप्टेनमा स्पर्स राईले ५२ मत पाउदा उनका निकर्तम प्रतिस्पधी दुुर्गा प्रधानले ४८ मत पाएका थिए । उपकप्तानमा दुई मत खाली छाडिएको थियो ।

कक्षा २ देखी कक्षा १० सम्मका कुल १ सय १५ मतदाताहरु रहेकोमा १ सय दुई मत खसेकोमा क्याप्टेनमा १ मत बदर भएको थियो ।

हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउने गरेमको बिद्यालयले शिकाईलाई प्रयोगात्मक रुपमा देखाउनको लागि गरिएको निर्वाचनमा निर्वाचन अधिकृतको घोषणा मनोनयन दर्ता, मतदाता नामावली प्रकाशन, दाबि बिरोध, अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह बितरण, प्रचार प्रसार मौन समय मतदान प्रकिया मतगणना र परिणाम घोषणा प्रमाणपत्र बितरण लगायतको कार्ययोजना राखि सबै प्रकृया पुरा गरिएको निर्वाचन अधिकृत देबिलाल राईले बताए ।

निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन अधिकृत देबिलाल राईले निर्वाचन कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा धन्यबाद ब्याक्त गरेका थिए ।सोहि कार्यक्रममा शिक्षक सेवाआयोगबाट नवनियुक्त शिक्षक दिर्घराज कार्कीलाई स्वागत गरिएको थियो ।

बिद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष प्रेम साङपाङ राईको अध्यक्ष तामा भएको कार्यक्रमा बिजयी र सहभागि सबैमा प्रधाननध्यापक गोबिन्द पौडेलले धन्यबाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment