इलाम, ९ पुसः इलामको मंगलबारेमा आयोजित टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा इलाम क्रिकेट एकाडोमी फोर युथ बिजयी भएको छ । इलाम क्रिकेट एकाडोमी फोर युथले त्रिवेणी युथ क्लब देउमाईलाई २४ रनले हराएको हो । इलामले टस हारेर व्याटीङको निम्तो पाएको इलामले पहिले व्याटीङ गर्दै ७ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । इलामका लागि प्रज्वल खत्रीले सर्वाधिक ४९ रन बनाएका थिए । देउमाइले खेला ६ जना बलरको प्रयोग गरेको थियो उनीहरुले एक एक विकेट निकालेका थिए ।
१७० रनको लक्ष्य लिएर क्रिजा उत्रिएको देउमइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन मात्र बनायो । देउमाइको लागि योगेन दाहालले सर्वाधिक२७ रन बनाएका थिए । वलिङ तर्फ इलामका शुसान्त सापकोटाले ३० रन दिएर २ विकेट लिएका थिए त्यस्तै लोकबहादुर घिमिरेले ५२ रन लुटाउँदै २ विकेट निकालेका थिए कप्तान प्रज्वल खत्रीले चार ओभरमा दुई ओभर मेडन फ्याकेका थिए भने १ विकेट पनि निकालेका थिए ।
खेलको मेन अफ दि म्याच इलामका प्रज्वल खत्री भए । प्रज्वल खत्रीको कप्तानीमा इलाम मैदानमा उत्रिएको थियो भने देउमाई स्वतिक मण्डलको कप्तानीमा मैदानमा उत्रिएको थियो ।
इलाममा थोरै मात्र क्रिकेट प्रतियोगिता हुनेभएकोले पनि इलामका खेलाडिले खेल अभ्यास गर्न नपाएको अवस्थामा यस्ता प्रतियोगिताले खेलाडीलाई फाइदा पुर्याउँदछ ।
इलाममा भर्खरै सिनियर क्रिकेटरहरुको प्रतियोगिता समाप्त भएको छ भने विद्यालय स्तरको प्रतियोगिताको फाइनल खेल आइतबार ठूलो टुँडिखेलमा साँखेजुङको वीवी मेमोरिल र इलामको समाता निकेतन विच हुने छ ।

0 comments:
Post a Comment