इलाम जिल्ला सिनियर क्रिकेट प्रतियाेगिताको उपाधी (लोवर बेल्ट) रोङ गाउँपालिकालाई


इलाम, २ पुसः इलामको ठूलो टुँडिखेलमा अायाेजना भएको इलाम जिल्ला सिनियर क्रिकेट प्रतियोगिताको उपाधि (लोवर वेल्ट) रोङ गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलाम ग्रिनलाई ५५ रनले हराउँदै रोङले उपाधि कब्जा गरेको हो । 
टस जितेर पहिले व्याटीङ  गरेको रोङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा सन्दीप ढुंगानाको ६७ रनको अर्धसतकिय पारीको मद्दतमा १८१ रनको लक्ष्य दिएको थियो । ढुंगानाले ३५ वलको सामना गर्दै ७ चौका र ६ छक्का प्राहार गर्दै ६७ रन बनाएका थिए । त्यस्तै वलिङ तर्फ इलाम ग्रिनका अशोक लिम्वुले ३१ रन खर्चिएर ३ विकेट निकालेका थिए ।
१८२ रनको लक्ष्य पछियाएको इलाम ग्रिनको सुरुवात सुखद रहेन प्रज्वल खत्रीले ५३ वलको सामाना गर्दै  ३५ रन मात्र जोड्न सके । निर्धारित २० ओभरमा इलाम ग्रिनले ६ विकेटको क्षतिमा १२७ रन मात्र बनाउन सक्यो । यता रोङको वलिङमा गौरव भट्टराईले ३ ओभरमा २० रन खर्चिएर  २ विकेट निकोले भने अभिरल ओलीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट निकोलेका थिए । 
प्रतियाेगितामा हेमन राईको कप्तानीमा रहेको रोङका सन्दीप ढुंगाना खेलको मेन अफ दि म्याच भए । 
जिल्ला क्रिकेट संघले अायाेजना गरेकाे  प्रतियाेगितामा इलाम जिल्ला भित्रका ४ टिमकाे सहभागिता रहेकाे अध्यक्ष अर्जुन पाेख्रेलले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment