रोङ गाउँपालिकाले थाल्यो क्षयरोगीको खोजी

  • गोबिन्द पौडेल 

रोङ, १ पुसः क्षयरोग उन्मुलनको अभियान पुरा गर्न ईलामको रोङमा क्षयरोगिहरुको खोजि गरिन थालेको छ । कुनैबेला निक्कै भयावह रहेको यो रोग सन् २०३० सम्म  उन्मुलन गर्ने सरकारको लक्ष्य अनुसार खोजको रणनिति गर्दै झापासग सिमाना जोडिएको रोङ २ को बरफल्याङमा दुई दिने क्षयरोग जाच पहिचान शिबिर सचालन शुक्रबारबाट थालिएको हो ।
सक्रमित एकजनाबाट बिसजना सम्म सजिलै सर्न सक्ने झापा क्षयरोगको उच्च जोखिममा रहेको कारण रोङमा पहिलोपटक खोजिकार्य शुरु गरिएको हो ।खोकिलाग्ने, साझमा ज्वरो आउने तौल घट्ने खानामा अरुचि हुने जस्ता लक्षणहरु रहने लक्षण रहेको क्षयरोगको बेलैमा पहिचान भए सजिलै निको हुने र थप सक्रमणको जोखिम घटेर नेपाल सरकारको लक्ष्य समेत पुरा हुने भएकोले नमुना सकलन र ल्याव परिक्षण समेत सोहि स्थानमा हुनेगरि रोङ गाउपालिका स्वास्थ शाखाले शिबिर सचालन गरेको स्वास्थ शाखा प्रमुख युवराज काफ्ले बताए ।
शिबिरमा स्वास्थ्य  कार्यलय ईलामका ल्याव टेक्निसियन युगनाथ बराल,ल्याव असिस्टेन सेबिका खाम्दाक स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले ,स्वास्थ्य कर्मिहरु,स्वय सेबिकाहरु र जनप्तिनिधिहरुको सकृयता रहेको छ । शुक्रबार  जोखिममा रहेका स्थानिय २३ जनाको नमुना सकलन गरिएको र भोलि परिक्षणको नतिजा  आउने बताईएको छ ।यदि नतिजा पोजेटिभ आएमा उनिहरुको निःशुल्क उपचारको ब्यवस्था गरिने रऔषधि बितरण बिभिन्न परिक्षण गरि पुर्ण निको बनाईने लक्ष रहेको प्रमुख काफ्लले बताए । हाल रोङमा दुईजना सक्रमित रहेको र उनिहरुले औषधि प्रयोग गरिरहेको स्वास्थ्य शाखा  रोङले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment