झापाको मेचीनगरबाट अवैध सामानसहित तस्करीमा संलग्न एक जना पक्राउ


झापा, २ पुसः झापा, प्रहरीले अवैध सामानसहित लामो समयपश्चात् तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका – ५ स्थित काली मन्दिर छेउबाट दुई लाख पचास हजार मुल्य बराबरको सामानसहित मेचीनगर-६ बस्ने ३० वर्षीय बाबुल राजवंशीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीले भारतबाट भन्सार छलेर नेपाली ढाकाको झोला र पोते ४ बोरा अवैध रुपमा नेपाल भित्राएका थिए । सामानसहित पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment