माइजोगमाईकी राधिका इलाम बजारबाट वेपत्ता, खोजिदिन श्रीमान अशोकको आग्रह


इलाम, १ पुसः इलाम जिल्ला माइजोग्माइ गाउँपालिका वडा नम्बर १ निवासी ३५ बर्षिय राधिका राई गत जेष्ठ ५ गतेबाट सम्पर्क बिहिन बनेकी छिन । घरबाट ब्युटीपार्लर सिक्छु भनि हिडेको र इलाम बजारको जिरो किलोमिटरमा केही दिन बसी त्यस्पछि सम्पर्क विहिन बनेको उनका श्रीमान असोक राईले बताएका छन । 

आफु विदेशबाट घर फर्कीएर १५ दिन सम्म सँगै बसेको र त्यसपछि श्रीमतिले काम सिक्न जाने भनेपछि घर सरसल्ला संगै जान दिएको उनले बताएका छन । घरबाट हिडेको केही समय सम्म कुराकानी भएको र त्यपछि कुनै खबर पत्तो नभएकाले खोजी गर्न इलाका प्रहरी कार्यलय माइजोग्माइ नयाबजारमा गत साउन एक गते निवेदन दिएको तर अहिले सम्म कतै पत्ता नलागेकाले मिडिया मार्फत खोजी कार्य गर्न पहल गरेको उनले बताएका छन । 

आफु पर्देशमा हुदाँ काठमाण्डौँ बस्दै आएको र आफु घर आएपछी आइ संगै बसेको उनले बताए । हाल उनि छोराछोरी सँग बस्दै आएका छन । राधिकाले प्रयोग गरेको मोबाइल नम्बर बदलेको छोरीलाइ बताएको तर त्यो नम्बर भने थाहा नभएको छोरीले बताएको माइती पक्षले बताएका छन । छोरीको बेखबरले परिवार सोकमा डुब्दै गएको उनका बुबा हर्क वीर राइले बताउनु भयो ।

 जिवित खबर मात्रै सून्न पाए पनि परिवारमा शान्ति छाउने राधिकाका दाजुले बताउनु भयो । जहाँ भएपनि एकपटक सम्पर्कमा आउन परिवार स्रोतले आग्रह गरेका छन । यो समयमा सबैले खोजी गरी साथ सहयोग गरीदिन पनि उनिहरुले अपिल गरेका छन । राधिकालाइ देख्नु हुने महानुभावले ९८२३६८४३०८ मा समपर्क गरीदिनु हुनका  लागिा श्रीमान असोक राइले अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment