सहारा नेपाल इलामद्वारा अन्तरक्रिया तथा घासको विउ वितरण


इलाम, १ पुसः सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले  आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । इलाममा शुक्रबार एक कार्यक्रम आयोजना गरि संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध सदस्यहरुलाई  जै घाँसको विउ वितरण गरेको छ । इलाम नगारपालिका वाडा नम्बर ९ का कृषक सदस्यहरुलाई घाँसको विऊ हस्तान्तरण गरिएको हो । कार्यक्रममा इलाम नगरपालिका १ साखेजुङ्ग नेपालटारमा रहेका समूहका अन्य कृषक सदस्यहरुलाई समेत  सेवा केन्द्रले आयोजना गरी घाँसको विउ हस्तान्तरण गर्ने जानकारी गराईएको थियो । 

“व्यवसाय स्तरोन्नतीका लागि कर्जा ः पशुपालक कृषकलाई उर्जा”भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यले नेपालमा पाइने डालेघाँस, भुईघाँस, जडिबुटि, सिजनेली घाँसहरुको बारेमा जानकारी दिदै हालसम्म दर्ता भएका सिजनेली घाँसहरु मध्ये १६२ प्रजातीका उत्कृष्ट रहेको तथा नेपियर प्रजातीमा करिब १० वटा प्रसिद्ध रहेको वताए ।  साथै यस क्षेत्रका कृषकहरु समेतका लागि कात्तिक देखि पौष महिना सम्म लगाउन मिल्ने जै घासको सामान्य जानकारी दिएका थिए  । 

त्यस्तै कार्यक्रममा आफ्नो संस्थाको आर्थिक स्वास्थ्य अवस्थाको विवरण समेत प्रस्तुत गरि आफ्ना सदस्यहरुलाई निर्धक्क भई कारोवार गर्न र आफूले राख्ने वचतको प्रकृती हेरी फिर्ता पाउने समयमा फिर्ता लिनुपर्दा कोहि पनि सदस्यले दोधार हुनु नपर्ने ग्यारेन्टि गर्दे हाल आएका नया वचत एटिएम सेवा, तथा अन्य वस्तु सेवाहरु बारेमा सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले सदस्यहरुलाई जानकारी गराएका थियो ।

इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यको प्रमुख आतिथ्यता तथा एवं उपस्थित सम्पूर्णको सामूहिक सभापतित्व र सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमश सम्झना गुरुड्ड,अनुप रिजाल र सरस्वती कार्किको व्यवस्थापन मा इलाम सेवा केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको इलाम सेवा केन्द्रका प्रमुख के.पी. लुईटेलले माइपोखरी न्युजलाई जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment