- गोविन्द पौडेल
रोङ, १६ मसिरः किटजन्य रोगको पहिचान ,नियन्त्रण र रोकथामको पूर्वतैयारी गर्न रोङमा एकदिने सचेतना कार्यक्रम शुक्रबार गरिएको छ ।
लामखुट्टे र अन्य किराहरुको कारण, औलो, डेङ्गो, कालाज्वार, स्क्सटाईफस जस्ता रोगले नागरिकहरुलाई आक्रान्त पार्ने गरेकोले सो रोगको पहिचान र नियन्त्रणका लागि सो कार्यक्रम गरिएको हो ।
रोङ गाउँपालिका भित्र पनि यस्ता किटजन्य रोगहरुदेखापरेको कारण जोखिम रहेकोले रोङ गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो सचेतना कार्यक्रममा स्वास्थ्यकर्मीहरु, स्थानीयवासी, सुरक्षाकर्मीहरु सञ्चारकर्मी लगायतको सहभागिता रहेको र सोहि टोलिले जोरकलश परिसर सरसफाई र लार्भा नस्टगर्न बिषादी स्प्रे समेत गरेको सहभागी सञ्चारकर्मी गगन घिमिरेले बताए ।
रोङ स्वास्य शाखा प्रमुख युवराज काफे्लेको अध्यक्षता इलामका जनस्वास्थ्य निरिक्षक लक्षमण ढकालको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रमको सहजिकरण ईलामका निमित्त स्वास्थ्य प्रमुख भ्याक्टर कन्ट्रोलर बिमल बरालले गर्नु भएको थियो ।
0 comments:
Post a Comment