आगामी मंसिर २४ गतेबाट यु–१७ एसिया रग्बी सेभेन्स प्रतियोगिता, इलामबाट ४ जना यु–१८ राष्ट्रिय टोलीमा

  • नमिन ढकाल

इलाम, १६ मंसिर । नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबार (मंसिर २४) देखि हुने भएको छ । त्रिरेश्वरस्थित दशरथ रंगशालामा संचालन हुने प्रतियोगितमामा आयोजक नेपाल सहित एसियाका ८ राष्ट्रको सहभागिता रहने छ । नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । 


त्यस्तै समारोह उपसमिति, प्रावाधिक उपसमिति, खेल मैदान ब्यबस्थापन उपसमिति, बसोबास ब्यबस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक ब्यबस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ । 
रग्बीको पुरुष र महिला राष्ट्रिय टोलीमा प्रदेश १ बाट ४÷४ जना पर्न सफल भएका छन् ।  पुरुषतर्फ इलामका मनिश हिङमाङ, मोरङका बिराज रेग्मी, उदयपुरका नविन मगर र पाँचथरका सन्दिप राई रहेका छन् । 
महिला तर्फ इलामबाट ३ जना पर्न सफल भएका छन् । इलामकी अनिता कम्मर, सुजा राई र विडिसा राई तथा पाँथचथरकी सम्झौता तुम्बापोले यु–१८ यु–१८ एसिया रग्बी सेभेन्समा स्थान बनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment