जब सिक्किममा घन्कियो नेपालको राष्ट्रगान…

 ४ पुष २०७९, सोमबार


सिक्किम ।  भारतको सिक्किमस्थित नाम्चीमा रहेको स्किल क्याम्पसको सभा हलमा जब नेपालको राष्ट्र गान सयौं थुँगा फुलका हामी एउटै माला नेपाली… भनेर घन्कियो । तब भारतमा भएको कसैले अनुभव नै गरेनन् । नेपालका शैक्षिक परामर्श संघका पदाधिकारी, सदस्य तथा त्यसमा आवद्ध नेपालीहरुको सहभागितामा भएको कार्यक्रममा नेपालको राष्ट्र गान बजाइएको हो ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको चौथो वार्षिक साधारणसभामा सहभागि बन्न भारतको सिक्किम पुगेका व्यवसायीहरुले देशको उच्च सम्मान गर्दै राष्ट्र गान गाएर सभा शुरु गरेका थिए । नेपालको शैक्षिक क्षेत्रलाई अझ व्यापक बनाउन पनि साधारणसभा सफल भएको बताइएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यबहाक अध्यक्ष देवीदास भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का द्वितीय उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सदस्य पुष्पराज भट्टराई, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सल्लाहकार खड्ग ताम्लिङ, इक्यान झापाका निर्वतमान अध्यक्ष सुमान शर्मा जमरकट्टेल, स्किल क्याम्पसकी अञ्जु प्रधान, जुनु राई लगायतको आतिथ्य रहेको थियो ।
शैक्षिक व्यवसायलाई व्यवस्थित गर्दै अगाडि बढ्ने उद्देश्यले गठन भएको इक्यानले परामर्श दाताहरुलाई एकतावद्ध बनाउदै लगेको छ । इक्यान झापाले शैक्षिक परामर्शको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रमुख अतिथि समेत रहेका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईले प्रशंसा गरे । शैक्षिक परामर्श दातालाई गतल नजरले हेर्दा केही अप्ठ्याराहरु आए पनि पछिल्लो समय शैक्षिक परामर्शदाताहरुलाई हेर्ने नजरमा पनि परिर्वतन आएको भन्दै खुशी व्यक्त गरे । नेपालबाट विदेशका शैक्षिक संस्थामा अध्ययन गर्न जाने तथा पछिल्लो समयमा नेपालका विभिन्न विश्वविद्यालयहरुमा विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउन थालेकाले यो शैक्षिक क्षेत्रमा लागि सुखद् पक्ष भएको धारणा व्यक्त गरे ।
इक्यान द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले इक्यान झापाले शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्दै विद्यार्थी र अभिभवकको भावना अनुसार काम गरेको भन्दै खुशी व्यक्त गरे । उनले देशभरका शाखामध्ये झापा शाखा दोस्रो स्थानमा रहेको भन्दै बधाइ दिए । कार्यक्रममा इक्यानका केन्द्रिय सल्लाहकार खड्ग ताम्लिङले संस्थालाई व्यवस्थित र जिम्मेवार ढङ्गबाट अघि बढाएको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

सभाले इक्यान झापाका सचिव राजकुमार कार्की र कोषाध्यक्ष अशोक भण्डारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । सभामा अध्यक्षलाई हरेक कार्यक्रममा उत्कृष्ट ढंगबाट सहयोग गरेको भन्दै इक्यान झापाका अध्यक्ष ओलीले कोषध्यक्ष भण्डारीलाई सम्मान गरे । निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए ।
उक्त अवसरमा नेपलबाट भारतमा अध्ययनका लागि जाने विद्यार्थीलाई आवश्यक सहयोग गर्ने र भारतको सिक्किम स्थित स्किल क्याम्पसले पनि नेपाल अध्ययनका लागि आउने विद्यार्थीका लागि नेपालका शैक्षिक परामर्श दाताहरुसंग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
बोस्टन एजुकेशनको शाखा सिक्किमा
बिद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको बोस्टन एजुकेशन फाउण्डेशनले सिक्किममा आफ्नो शाखा विस्तार गरेको छ । सिक्किममा रहेका विद्यार्थीलाई नेपालको शैक्षिक क्षेत्रका बारेमा जानकारी गराउँदै नेपालमा अध्ययनका लागि आउने विद्यार्थीलाई नेपालको शैक्षिक अवस्था विश्वविद्यालयको जानकारी दिँदै अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको जनाइएको छ । अष्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान लगायतका विश्वविद्यालयमा जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको वोस्टनले सिक्किमका विद्यार्थीलाई लक्षित गरेर शाखा बिस्तार गरेको हो ।
शाखाको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यबहाक अध्यक्ष देवीदास भट्टराई, द्धितिय उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रिय सदस्य पुष्पराज भट्टराई र गोर्ख जागरण अभियान संघका अध्यक्ष बलवीर तामाङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै गोर्ख जागरण अभियान संघका अध्यक्ष तामाङले सिक्किमको शैक्षिक नियम अनुसार चल्न आग्रह गर्दै नेपाली शैक्षिक क्षेत्रले धेरै फड्को मारेको भन्दै प्रशंसा गरे । उनले नेपालबाट भारत र भारतबाट नेपाल अध्ययनका क्रममा बिद्यार्थी आवतजावत हुनु अत्यन्त राम्रो पक्ष भएको उल्लेख गरे । उनले इक्यानलाई सँधै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा इक्यानका कार्यबाहक अध्यक्ष भट्टराईले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि यस्ता शाखा बिस्तारले थप टेवा पुगेको बताए । उनले बोस्टनले शैक्षिक क्षेत्रमा फड्को मारेका भन्दै नेपालका विश्वविद्यालयले पनि बिदेशी बिद्यार्थीलाई आकर्षण गरिरहेको भन्दै नेपालको शैक्षिक क्षेत्रको गुणस्तर विश्वको शिक्षा अनुसार विकसित हुँदै गएको उल्लेख गरे ।
शाखा विस्तारले आफूलाई थप जिम्मेवार बनाएको भन्दै बोस्टन अब अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका रुपमा विकसित भएको जमरकट्टेलले बताए । सिक्किममा शैक्षिक परामर्शदाताको रुपमा बोस्टनको प्रतिनिधित्व भीम प्रधानले गर्ने बताइएको छ । सिक्किमबाट नेपाल अध्ययनका लागि जाने बिद्यार्थीलाई शाखा बिस्तार भएसँगै सहजता हुने भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment