कञ्चनपुर । यहाँको बेदकोट नगरपालिका– १०, सिसैयामा ट्याक्टरको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय तारा मल्ल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
निज मल्ललाई साइकलमा सवार भइरहेको बेला आज (शनिबार) बेलुका से १ त १०३५ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक उमेश चन्दका अनुसार ट्याक्टरले पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो भने मृतक मल्ल पनि साइकलमा चढेर सोही दिशातर्फ गइरहेकी थिइन् । ठक्करपछि घटनास्थलमै मल्लको ज्यान गएको उनले बताए ।
बेदकोट नगरपालिका– १ की बासिन्दा मल्ल महेन्द्रनगरस्थित एक सहकारीमा काम गर्दै आएको खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ ।
घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर दोषीलाई कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्ति माग गरिरहेका छन् ।
0 comments:
Post a Comment