‘महाभारा’ नाटकः १० दिन सम्म इलाममा खचाखच दर्शको मायाँ तान्न सफल


इलाम, ३० पुसः  २०७९ सालको मदन पुरस्कार सिफारिस सूचीको अन्तिम ८ मा परेको उपन्यास ‘महाभारा’ लाई इलामे युवाले नाटकको रूप दिएका हुन्।   प्रविधिको तीव्र विकासले अचेल मानिसहरुले विरलै मात्र हेर्न पाइने नाटकमा दर्शकको आकर्षण अत्याधिक देखिएको हो  । इलाम सदरमुकामको नारी विकास कार्यालयको सभाकक्षमा चलिरहेको ‘महाभारा’ नाटक स्थानीयहरुले आफ्नोपन  समेत  अनुभव गर्ने भएकाले इलामे दर्शक तानिएका हुन्।
 सयौँ दर्शकले सामाजिक सञ्जालमार्फत ‘महाभारा’ नाटकले आफ्नै गाउँ–ठाउँको परिवेश स्मरण गराएको प्रतिक्रिया व्यक्त गरिरहेका छन्। जनही ३ सय  रुपैयाँको टिकट काटेर नाटक हेरिसकेपछि दर्शकले करिब १ घन्टा ४५ मिनेटको समय बितेको पत्तै नहुने गरेको जनाइरहेका छन्।
चेतना नाट्य समुहले यही पुस २० देखि ३० सम्म स्थानीय कलाकारले नाटक मञ्चन गरिरहेका हुन्। आफ्नै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पुर्‍याउने प्रयासले यसलाई नाटकीय रूपमा लेखन तथा निर्देशन अन्वेश थुलुङ राईले गरेका हुन ।
माओवादी द्वन्द काललाई मुख्या कथा बनाईएको नाटकमा ’ प्रेम, धर्म र राजनीतिको सम्मिश्रण रहेको नाटकमा १५ कलाकारले अभिनय गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment