यु–१६ मैत्रीपुर्ण क्रिकेटः इलाम ग्रिन ७४ रनले विजयी


इलाम, ३० पुसः मोरङको वीसीसीए र इलामको इलाम ग्रिन यु -१६ टिम सम्मिलित यु -१६ मैत्रीपुर्ण क्रीकेट खेलमा इलाम बिजयी भएको छ । जिल्ला क्रीकेट सङ्घ इलामको समन्वय र बोस्टन क्रीकेट एकाडेमी झापाको बिशेष पहलमा झापा खुदुनाबारी स्थिति प्रस्ताबित कैदले रङगशालामा आयोजित एकदिवसिय यु -१६ क्रिकेट प्रतियोगिता अन्तर्गत मोरङ्ग जिल्लाको वीसीसीए टिम र इलाम ग्रीन यु-१६ टिमबिच भएको मैत्रीपुर्ण एकदिवसिय क्रीकेट खेलमा इलाम टिम बिजयी भएको हो । माघ महिनामा सुरु हुने भनिएको प्रदेश न १ यु-१६ टिममा छनोट हुन सहायक बन्ने हेतुले खेलाडिको कमिकमजोरिमा सुधार ल्याउन र म्याच एक्पोजरबाट निखारता ल्याउन बिभिन्न जिल्ला बाट प्रतिनिधित्व गरिरहेका खेलाडिहरु सम्मिलित यस खेलले खेलाडिको कन्फिडेन्स लेबल बढाउन मदत पुग्ने इलाम जिल्ला क्रीकेट सङ्घ अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।

आज भएको खेलमा इलाम टिम ७४ रनले बिजयी भयो हो । आजको खेलमा ब्याटिङतर्फ २२ बलमा ४१ रन प्रहार गर्दै ह्याट्रीक सहित ४ विकेट लिएका अलराउण्डर एलिस मण्डल म्यान अफ दि म्याच भए ।

उनलाइ बोस्टन एकाडेमिका सन्चालक सोभित बास्तोलाले आकर्षक ट्रफि प्रदान गर्नुभयो । पाहुना टिमका ब्यबस्थापक एबम प्रशिक्षक हज्रत अलिलाइ अध्यक्ष अर्जुन पौडेलले मायाको चिनो प्रदान गर्नुभयो । आइतबार देखि इलाम रोङ गाउपालिकाको क्रीएटिभ क्रीकेट क्लब कुटिडाडा , भारतको सिक्किमबाट आउने एक टिम र झापाको बोस्टन एकाडेमि बिच त्रीकोणात्मक टी–ट्वान्टी खेल सुरु हुनेछ


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment