इलाम ३० पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिकम वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा युवराज राईको ह्याट्रीकमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३–२ ले पराजित गरेको हो । वडा नम्बर सातको तर्फबाट जर्सी नम्बर १४ का युवराज राईले खेलको २०, ४१ र ४७ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका थिए । प्रतियोगीताको यो पहिलो ह्याट्रीक हो । वडा नम्बर ६ को तर्फबाट खेलको ११ औँ मिनेटमा पहिलो गोल जर्सी नम्बर १० का खेलाडी शेखर राईको गोलबाट अग्रता लिएको लिएको वडा नम्बर ६ ले जोगाउन नसक्दा हार वेहोर्नु परेको थियो । वडा नम्बर ६ को तर्फबाट ७४ औँ मिनेटमा योगेश वुर्जा मगरले अर्को गोल गरे पनि जितकोलागि प्रयाप्त भएन । आजको खेलको मेन अफ दि म्याच वडा नम्बर ७ का युवराज राई भए ।
नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । सोमबारको खेल वडा नम्बर ८ र वडा नम्बर ५ विचको खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।
0 comments:
Post a Comment