गाईलाई घाँस हाल्न गोठमा गएका एक पुरुष गोठमै मृत फेला


ओखलढुंगा । गाईलाई घाँस लगाउन गोठमा गएका एक पुरुष गोठमै मृत फेला परेका छन् । जिल्लाको खिजीदेम्बा ६ का ६९ बर्षिय लाक्पा शेपा मृत फेला परेका हुन् ।

बिहीबार साँझ करिब ६ बजे घरबाट गाईलाई घाँस हाल्न जान्छु भन्दै शेर्पा झन्डै २ किलोमिटर टाढा रहेको गोठमा गएका थिए । गोठमा गएका उनी बिहानसम्म घर नर्फकिएपछि उनकी श्रीमतीले खोजतलास गरेकी थिइन् ।

त्यसैक्रममा उनी आज (शुक्रबार) बिहान गोठभित्रै मृत अवस्थामा फेला परेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय खिजीफँलाटेको प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको थियो । टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने तयारी गरिरहेको (साँझ ५ः५० बजेसम्म) प्रहरी निरीक्षक दासले बताए ।

घटनाको अनुसन्धान भैरहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment