इलाम नगरकपः वडा नम्बर १२ लाई ७–० को फराकिलो अन्तरले हराउँदै वडा नम्बर ९ सेमिफाइनलमा प्रवेस


इलाम २९ पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगितको शुक्रबार भएको खेलमा वडा नम्बर ९ विजयी भएको छ ।  वडा नम्बर ९ ले वडा नम्बर १२ लार्ई ७–० ले पराजित गरेको हो ।

खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेको वडा नम्बर ९ ले खेल अवधिमा ७ गोल गरेको हो । खेलको ११ औँ मिटमा र खेलको ८० औँ मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर ८ का खेलाडी विशाल खवासले २ गोल गरे भने जर्सी नम्बर ७ का मनिस थापाले खेलको १८ औँ र ४५ औँ मिनेटमा गोल गर्दै २ गोल गरे । 

त्यस्तै खेलको ४९ र ७५ औँ मिनेटमा गोल गर्दै प्रविण राईले २ गोल गरे भने खेलको ३३ औँ मिनेटमा प्रदिप विष्टले एक गोल गरेका थिए आजको खेलको मेन अफ दि म्याच वडा नम्बर ९ का प्रविण राई भए ।  

नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि खेलाडी छनौट गरिने छ । त्यस्तै माइभ्याली फुटबल प्रतियोगिताको लागि आयोजकको टीमको लागि पनि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । शनिबारको खेल वडा नम्बर ६ र वडा नम्बर ७ विचको खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment