इलाम, २८ पुसः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना , बोस्टन क्रीकेट एकाडेमिको ब्यबस्थापन र युथ अफ खुदुनाबारीको समन्वयमा अर्जुनधारा नगरपालिका वार्ड न ३ को प्रस्तावित कैदले रङगशालामा आगामि पुस ३० गते शनिरवारदेखि बोस्टन क्रीकेट एकाडेमि झापा, इलाम रोङ गाउँपालिकाको क्रीएटिब युथ क्लब कुटिडाडा र भारतको सिक्किमबाट आउने एक क्रीकेट टिम बिच त्रीकोणात्मक क्रीकेट सिरिज हुने। टी–ट्वान्टी फर्म्याटमा हुने यस खेलका लागि आवस्यक तयारी भईसकेको जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले वताए । रोङ टिम र बोस्टन टिम बिचमा भएको २ खेलमा दुबै टिमले १(१ बराबरिको नतिजा ल्याइ दुबै टिम आगामी शनिवार देखि हुने सिरीजका लागि तयार रहेको बोस्टन एकाडेमिका सन्चालक बिनित बास्तोलाले बताउनुभयो ।
जिल्लाका खेलाडिहरुको खेलमा आवस्यक निखारता एबम परिपक्कताको बिकास गर्न यस्ता किसिमका म्याच एक्सपोजर आवस्यक भएकाले यस्ता बिभिन्न प्रतियोगिताहरु सन्चालन गर्नुपर्ने र खेलाडिहरुलाइ खेल मार्फत हौसला प्रदान गर्नुपर्ने इलाम जिल्ला क्रीकेट सङ्घ अध्यक्ष अर्जुन पौडेलले बताउनु भयो ।
0 comments:
Post a Comment