इलाम नगरकपः वडा नम्बर १ साँखेजुङलाई १–०ले हराउँदै वडा नम्बर १० गोदक अर्को चरणमा


इलाम २८ पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगितको विहीबार भएको खेलमा वडा नम्बर १० गोदक विजयी भएको छ ।  वडा नम्बर १० ले वडा नम्बर १ लार्ई १–० ले हराएको हो ।

खेलको ७८ औँ मिनेटमा गोदकका जर्सी नम्बर १२ का खेलाडी जेम्स राईको एक गोल नै गोदकको जीतलाई  दिलाउन  सफल भयो । खेलको पहिलो हाफ बरावरीमा सकिए थियो दोस्रो हाफमा पनि दुवै टीमले राम्रो अवसरहरु पाए पनि गोलमा परिवर्तन हुन सकेन । खेलको अन्त्यमा भएको गोले गोदक विजयी बनेको हो । आजको खेलको मेन अफ दि म्याच गोदकका जेम्स राई भए । 

नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । त्यस्तै माइभ्याली फुटबल प्रतियोगिताको लागि आयोजकको टीमको लागि पनि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । शुक्रबारको खेल वडा नम्बर १२ र वडा नम्बर ९ विचको खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment