इलाम २७ पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगितको बुधबार भएको खेलमा वडा नम्बर ८ विजयी भएको छ । वडा नम्बर ८ ले वडा नम्बर ४ लार्ई ५–१ ले हराएको हो ।
खेलको सुरुवाती तेसो मिनेटमा वाडा नम्बर ८ का श्रेयन्स राईको गोलबाट अग्रता लिएको वडा नम्बर ८ ले खेलको ५८ मिनेटमा चैथाङग लिम्बुको गोलमा अग्रता दोव्वर पारेकारेको थियो । त्यस्तै खेलको ६३ मिनेटमा श्रेयन्सले व्यक्तीगत दोस्रो गोल गरे । खेलको ७५ औँ मिनेटमा विवेक वि.क.ले गोल गरे भने खेलको ८० औँ मिनेटमा अभिषेक तामाङले गोल गरे । खेलमा वडा नम्बर ४ ले केही राम्रा मुभहरु बनाए पनि ७० औँ मिनेटमा सुदिप राईले एक गोलमात्र गर्न सके । आजको खेलको मेन अफ दि म्याच वडा नम्बर ७ चैथाङग लिम्बु भए ।
नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । त्यस्तै माइभ्याली फुटबल प्रतियोगिताको लागि आयोजकको टीमको लागि पनि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ । बिहीको खेल वडा नम्बर १ साँखेजुङ र वडा नम्बर १० गोदक को खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।
0 comments:
Post a Comment