भरुवा बन्दुकसहित टेकबहादुर राई पक्राउ


सङ्खुवासभा, सङ्खुवासभाको पाचखपन नगरपालिका-१ का ३८ वर्षीय टेकबहादुर राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
राईले घरमा नै अवैध रुपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment