दमक–चिसापानी फाल्गुनन्द मार्ग सडक निर्माण सुस्त हुँदा यात्रुलाई सधै सास्ती


इलाम । ट्रयाक खनिएको ६० वर्षपछि झापाको दमकदेखि इलामको माङ्सेबुङ्ग हुँदै पाँचथरको रबि जोड्ने सडक कालोपत्रेको काममा ढिलाइ भएको छ । इलाम र पाँचथरको पश्चिमि क्षेत्रका बासिन्दालाई तराईसँग जोड्ने सडक तीन खण्डमा कालोपत्रे शुरु भएपनि काम गर्ने सिजनमा निर्माणकार्य सूस्त छ ।
महाभारत पर्वतको दाँयाबायाँ इलाम र पाँचथरको बासिन्दालाई तराईसँग जोड्ने दमक चिसापानी रबी सडकको कलोपत्रेको काम सूस्त छ । झापाको दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरउन्नती र कालोपत्रेका काम सिजनमा पनि निर्माणकार्यले गति लिन सकेको छैन ।
२०४७ सालबाट ट्रयाक खनिएको ४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्डमा कालोपत्रको काम अघि बढेपनि काम सूस्त हुँदा स्थानीयको यात्रा कष्टकर छ । सडक डिभिजन कार्यालय दमक मार्फत हुँदै आएको काम पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्रे हुँदै आएको थियो । सडकको पहिलो खण्ड २२ करोड ५९ लाख लागतमा कालोपत्रे गर्न ठेक्का लागेको थियो ।
महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड २०७८ चैत्रसम्ममा सक्नुपर्ने भएपनि अझै सकिएको छैन । दोस्रो खण्डको १५ दशमवल २६ किलोमिटर सडक ५४ करोड ४४ लाख लागतमा लुम्बिनी र गणपति जेभीसँग निर्माणको संझौता गरेको थियो । सो खण्डको काम पनि अहिले सुस्त गतिमा रहेको छ ।
तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रेका लागि ५९ करोड १५ लाखमा कालोपत्रेको ठेक्का लागेको थियो । ३४ दशमलव ५ किलोमिटर डिपिआर गरिएको मध्ये २५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि ठेक्का लागेपनि कामको सूस्त गतिले स्थानीयबासीले हैरानी बेहोर्नु परेको हो ।
दमक रबी सडक २०१५ सालमा आई सर्भे भई जनस्तरबाटै ट्रयाक खन्न थालिएको थियो ।
लाेकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment