इलाम नगरकपः वडा नम्बर ८ लाई ३–० ले हराउँदै वडा नम्बर ३ पुवामझुवा सेमिफाइनलमा


इलाम २ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिकम वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको  छ । 

सोमबार भएको खेलमा पहिलो हाफमा दुवै टीमबाट गोल रहित बराबरी भए पनि  दोस्रो हाफमा वडा नम्बर ३ पुवामझुवले ३ गोल गर्दै  वडा नम्बर ८ लाई ३–०ले हराएको हो । 


जर्सी नम्बर ८ का विक्रम तामाङको ४९ औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको  पुवामझावाको जीतको लागि जर्सी नम्बर ३० का खेलाडी मिङ्मा गुरुङले ५४ औँ ५६ औँ मिनेटमा २ गोल गरे । आजको खेलको मेन अफ दि म्याच वडा नम्बर ३ पुवामझुवाका मिङ्मा गुरुङ भए ।  


प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र  सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । सोमबारको  खेल वडा नम्बर १० र वडा नम्बर ५ विचको खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment