इलाम नगरकपः वडा नम्बर ११ लाई ३–०ले हराउँदै वडा नम्बर ७ सेमिफाइनलमा


इलाम २५ पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगितको मंगलबार भएको खेलमा वडा नम्बर ७ विजयी भएको छ ।  वडा नम्बर ७ ले वडा नम्बर ११ सोयाकलाई ३–० ले हराएको हो ।
खेलको सुरुवाती ९ मिनेटमा पासङ शेर्पाको गोलबाट अग्रता लिएको वडा नम्बर ७ले खेलको २८ मिनेटमा विनोद धमलाको गोलमा अग्रता दोव्वर पारेकारेको थियो । खेलमा वडा नम्बर ११ ले केही राम्रा मुभहरु बनाए पनि गोल गर्न सकेन अन्त्यमा खेलको ६९ मिनेटमा युुराज थुलुङको गोल संगै वडा नम्बर ७ ले जीत आफ्नो नाम गरेको हो ।  आजको खेलको मेन अफ दि म्याच वडा नम्बर ७ का विसािल घलान लामा भए । 
नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । त्यस्तै माइभ्याली फुटबल प्रतियोगिताको लागि आयोजकको टीमको लागि पनि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ । बुधबरको खेल वडा नम्बर ८ र वडा नम्बर ४ को खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. आजको Game उत्साह जनक थियो🦋

    ReplyDelete