इलाम, २४ पुसः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना र युथ अफ खुदुनाबारिको समन्वयमा झापा खुदुनाबारीको प्रस्ताबित कैदले रङगशालामा आयोजित ३ खेलको एकदिवसिय सिरीज युनाइटेट एकाडेमीले आफ्नो नाममा पारेको छ । आइतबार भएको तेस्रो खेलमा रोङ गाउँपालिका क्रीकेट टिमलाइ पराजित गर्दै युनाइटेड टिम बिजयी भएको हो ।यो जित सङ्गै युनाइटेडले २ १ ले सिरिज जितेको छ ।
३ वटा एक दिवसिय खेल अन्तर्गत आइतबार भएको तेस्रो एकदिवसिय खेलमा टस जिति ब्याटिङ रोजेको युनाइटेड टिमले अंकित सुबेदीको १२, नितेश पौडेलको १० र समीर कार्कीको सानदार नटआउट १३६ रनको मदत्तले निर्धारित ३० ओभरको खेलमा ८ विकेट को क्षतिमा २२३ रनको बिशाल योगफल तयार पार्यो ।
२२४ रनको लक्ष लिइ मैदानमा उत्रीएको रोङ टिमका ओपनर प्रकाश खत्री र उज्वल प्रतापको जोडिले ६२ रनको पार्टनरशिप गर्दै गर्दा लयमा देखिएका प्रकाश खत्रीको अर्धशतकको सहायताले रोङ टिम सहज जिततर्फ लम्किरहेको देखिन्थ्यो ।
तर ब्याटिङमा शतक प्रहार गरेका समिर कार्की बलिङ्मा पनि चम्किदै रोङ टिमलाइ स्तब्ध बनाउन सफल रहे । आइतबारको खेलका म्यान अफ द म्याच बनेका समिरले ५।२ ओभरमा १ मेडन राख्दै १७ रन दिइ ५ विकेट लिए । रोङ गा पा टिमका उज्वल प्रताप २१ प्रज्वल खत्री १८, एलिस मण्डल १६, र हेमन राइले १२ रन प्रहार गरेपनि टिमको जितका लागि पर्याप्त हुन सकेन । यता समिर कार्किले ५ विकेट लिदै गर्दा अन्कित सुबेदि र सुमित नेउपानेले समान २(२ विकेट लिइ रोङ टिम १५७ रनमा अल आउट गर्दा युनाइटेड टिम ६६ रनको जित दर्ता गर्न सफल भयो ।
खेलका म्यान अफ द म्याच बनेका समिर कार्किलाइ अ्म्पायर सन्जय लामाले आकर्सक ट्रफि प्रदान गर्नुभयो
0 comments:
Post a Comment