डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो, पेट्रोलको मूल्य यथावत

 



काठमाडौं । मंगलबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमात्र घटाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले मंगलबारै प्रतिलिटर १० रुपैयाँले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य घटेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १५५ रूपैयाँमा झरेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँ कायम रहेको थियो ।

डिजेल र मट्टीतेलको मूल्य घटाए पनि निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै राखेको छ । हाल पेट्रोलको मूल्य १७५ रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment