इलाम: पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ।
यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७ गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन्। जसबाट ३५७ वटा गाई मरेका छन्। अहिले संक्रमणको दर पनि वढी रहेको छ भने गाईको मृत्यु दर पनि वढ्दो क्रममा रहेको छ।
दुध उत्पादनमा मुलुककै अव्वल जिल्ला मानिएको इलाममा अहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमि अएको छ। यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुख जोड्न समस्या हुने देखिन्छ।
यसरी रोगबाट पूर्वी नेपालमा हजारौँ पुशु चौपायको मृत्यु भई सकेको छ तर सरकारको तर्फबाट कृषकलाई कुनै राहत कार्याक्रम घोषण भएको छैन। केही स्थानीय सरकारले यस रोग विरुद्ध खोप अभियान सुरु गरे पनि केन्द्रीय सरकार भने यो रोगको बारेमा अहिले सम्म बेखबर रहेको छ।
इलाममा पनि यो रोग अहिले दशवटै पालिकामा पुगिसकेको छ। दूग्ध उत्पादनका लागि कोशी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्युको संख्या दिनानुदिन बढ्दो छ।
यो रोगले किसानमा धेरै नोक्सानी पु-याई सकेको छ तर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले अहिले पशु सुरक्षकालागि कुनै पनि कदम नचालेको पशुपालक कृषकहरु बताउँछन् ।
अहिले इलाममा रोग गाउँभरी फैलिएको र गाउँपालिकाले पनि अहिले सम्म कुनै प्रकारको सहयोग नगरेको माइजोगमाई गाउँपालिकाकी किसान गीता पौडेल वताउँछिन्।
रोग बढेपछि इलाम नगरपालिकाले भने नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।
प्रवक्ता दुलालले भने, स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्वा खाद्य संगठन (एफएओ)बाट समेत प्रमाणित भएको बताए। उनले भने, ‘यो खोपका बारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ।
जोर्डनबाट झिकाएको लम्पी सिल्ड एन नामको खोप नगर क्षेत्रका १० हजार पशुमा दिने अभियान सुरु गरेको दुलालले बताए । गत वैशाख २० गते प्रमुख केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो ।
जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको र यो रोगको संक्रमणको रोकथाममा कार्यालय लागि रहेको र यो रोगको संक्रमण भएको पशुबाट उत्पादित दूध मानिसले खान मिल्ने भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापा एवं सम्पर्क कार्यालय इलामका प्रमुख डा. राघवेन्द्र तिवारीले बताए।
यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसँगै कोशी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ।

0 comments:
Post a Comment