![]() |
फायल फाेटाे |
इलाम, २ जेठः नेपालको पूर्वी जिल्ला झापमा बंगुरमा देखिने रोग अफ्रिकन स्वयन फिबर देखिएको छ । विरानगर स्थित पशु पंक्षी रोग अन्वेशण प्रयोगशालमा परिक्षण गर्दा सो रोग देखिएको हो ।
अहिले थप पुष्टी गर्नलाई स्याम्पल परिक्षणको लागि काठमाण्डौँमा रहेको सेन्टर भेटेनरी ल्याबमा पठाईएको भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापा, संम्पर्क कार्यालय इलामका प्रमुख डा. राघवेन्द्र तिवारीले वताए ।
झापामा ५७० भन्दा धेरै बंगुर सो रोगकाकारण मरिसकेका छन् । बंगुरको मृत्यु भए पछि झापा स्थित भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापाले स्याम्पल निकालेर परिक्षणको लागि विराटनगर पठाएको थियो ।
तिवारीका अनुसार घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले अति खतनाक महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन ।
यस रोग भएका सँुगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री), कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण भएका सुँगर, बङ्गुर वा त्यसका पाठापाठी मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै संक्रमण फैलिने विभागले जनाएको छ ।
यस रोगविरुद्धको हालसम्म कुनै खोप उपलब्ध नभएकाले कुनै पनि स्थानमा अस्वाभाविक रुपमा सुँगर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायलाई खबर गर्ने विभागले आग्रह गरेको छ ।
0 comments:
Post a Comment