काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ७ देवीचौरस्थित ज्वालादेवी आधारभूत विद्यालयमा गत शुक्रबार भजन किर्तन चलिरहेको थियो ।
त्यसदिन न कुनै सार्वजनिक विदा थियो नत स्थानिय विदाको सुचना नै । विद्यालयको पठनपाठन ठप्प पारेर अभिभावक संघका सदस्य समेत रहेका गोकुल घिमिरेका छोरीहरुको गुन्योचोली कार्यक्रम चलिरहेको थियो ।
गुन्युचोलीको निम्तो मान्न प्रधानाध्यापक टोपबहादुर सिम्खडासहित अन्य शिक्षकहरु विद्यालयमा उपस्थित थिए तर विद्यार्थी सबैलाई विदा दिइएको थियो ।
दिउँसो १ बजेबाट विद्यालयको आगनमा कार्यक्रम सुरु गरिए पनि विद्यार्थीलाई शुक्रबार मौखिक रुपमा बिदा नै दिइएको थियो ।
नगर शिक्षा ऐन अनुसार सामूदायिक विद्यालमा कुनै राजनीतिक दल, संघ सगठन वा व्यक्ति विशेषको कार्यक्रम गर्न पाइदैन । नेपाल सरकारले तोके बाहेक अतिरिक्त विदाका लागि शिक्षा शाखाको अनुमति लिनुपर्ने हुन्छ ।
यस्तो बिदा पनि विद्यालय र विद्यार्थीको हितमा छ भने मात्रै स्वीकृत गर्न पाइन्छ । तर प्रधानाध्यापक सिम्खडाले शिक्षा नियमावली र नगर शिक्षा ऐनको समेत वेवास्ता गर्दैे व्यक्ति विशेषका लागि विद्यालय नै बन्द गरेर गुन्योचोली कार्यक्रम गर्न अनुमति दिए ।
विद्यालय बन्द गरेर नीजि कार्यक्रम गर्ने अनुमति दिने अधिकार तपाईलाई कस्ले दियो ? भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक सिम्खडा नाजवाफ भए ।
न विद्यालय व्यवस्थापनको निर्णय छ, न त वडा कार्यालय वा नगरपालिकाअन्र्तगत शैक्षिक शाखाको अनुमति पत्र नै । प्रधानाध्यापकले स्थानीय पर्वको विदा कटौती गर्ने तर्क गर्दै आफूखुसी एउटा सामान्य डायरीमा निर्णय गरेर व्यक्ति विशेषलाई कार्यक्रम गर्ने अनुमति दिएको पाइएको छ ।
यता विद्यालय अभिभावक संघका सदस्य घिमिरेले भने विद्यालयको भवन निर्माणकै क्रममा रहेकाले कोष व्यवस्थापन गर्न विद्यालयमा सप्ताह लाउने तयारी स्वरुप कार्यक्रम गरिएको दाबी गरेका छन् ।
शिक्षक र स्थानीय समेत विद्यालयकै हितका लागि कार्यक्रम गरिएको दाबी गर्छन् । प्रक्रियामा त्रुटि भए पनि गुन्युचोली कार्यक्रमका लागि विद्यालय बन्दको निर्णय गलत नभएको उनीहरुको तर्क छ ।
छिमेकीको शुभकार्यमा जहिल्यै विद्यालय बन्द ! विद्यार्थी नै आउदैनन् विद्यालय !
विद्यालयमा कुल ४८ विद्यार्थी छन् । त्यसमध्ये ९९ प्रतिशत विद्यार्थी तामाङ जातीका छन् । छिमेकीको विवाह ब्रतबन्ध वा अन्य शुभ कार्य केही प¥यो भने तामाङ समुदायका बच्चाहरु विद्यालय नै आउदैँनन् ।
अभिभावकहरुले समेत आफ्ना बच्चाहरु विद्यालय नपठाउने गरेको शिक्षकहरु बताउछन् । एकातिर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयको बहस चलिरहेको वेला गोदावरीको ज्वालादेवी आधारभूत विद्यालयको यो घटनाले सामुदायिक विद्यालयको शैक्षिक पद्धति प्रति जनसमुदायको विश्वास झन धेरै घट्ने देखिन्छ ।

0 comments:
Post a Comment