झापामा नक्कली शरणार्थीको तमासा, शिविरमा सक्कलीको विजोग

१ जेष्ठ २०८०, सोमबार

झापा । नक्कली शरणार्थी प्रकरण तातिएको बेला शीर्ष तहका नेताहरुले उठाएको लाभ प्रहरी अनुसन्धानको प्रक्रियामा छ । तर, बर्षैदेखि शरणार्थी जिवन बिताउँन बाध्य झापाको दमकस्थित बेलडांगी शिविरका भुटानी शरणार्थीहरुको बिचल्ली भएको छ ।
राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रम अन्तर्गत तेस्रो मुलुक जान पाउनुपर्ने उनीहरुको अधिकार खोस्दै नक्कली शरणार्थी अन्य देश लैजाने प्रपन्च रचिए पछि आफन्तसंगको बिछोडमा उनीहरुको जिवन थप समस्यामा बल्झिन पुगेको छ ।
राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो शिविरबाट एक लाखभन्दा बढी शरणार्थी अमेरिका, क्यानाडा, ब्रिटेन, नेदरल्यान्ड्स, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्ड लगायतका तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेका छन् ।
बाँकी रहेका ६ हजार पाँचसय बढी भुटानी शरणार्थी पनि तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रममा जोडिँदै आफन्त भएको देश जाने आशामा छन् । तर, अहिले उनीहरुको आफन्त भएको देश जाने पखाई व्यर्थ जस्तै बनेपछि थप समस्या भएको उनीहरुको भनाई छ ।
आफन्त सबै तेस्रो मुलुकमा गएसंगै अहिले दैनिकी कष्टकर बन्दै गइरहेको उनीहरुको भनाई छ । शिविरमा अहिले दातृ निकायले दिदैं गरेको सहयोग पनि कटौंती गरेको छ ।
आफन्तसंग भेट्ने आशामा बेलडांगी शिविरमा बसिरहेका उनीहरुलाई अहिले रोजिरोटी जुटाउन नै समस्या भएको बताउँछन् ।
आफ्नो नाममा गिरोहले अर्कैलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने गरेपछि आफन्त भएको मुलुक जाने आशापनि मरे जस्तै भएको छ । अब शिविरमा शरणार्थी जीवन निर्वाह गर्नै समस्या रहेको उनीहरु बताउँछन् ।
भुटानबाट लखेटीएपछि झापाको दमकस्थित बेलडांगी शिविरमा लामो समयदेखि भुटानी शरणार्थी जिवन बिताइरहेका उनीहरुलाई आफन्त भएको तेस्रो मुलुक पुर्याउनुको विकल्प छैन । तर, पुनर्वासको कार्यक्रम नै स्थगित गरिएको दाबी गरिरहँदा नक्कली भुटानी शरणार्थी बनाउनेलाई कारवाही गर्दै सक्कली पिडित भुटानी शरणार्थीहरुलाई न्यायको आभास दिलाउनै पर्नेछ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।
न्युज २४ नेपालबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment