कैलाली । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका६ का उमेश भण्डारी रहेका छन् ।
दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।
पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो ।दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमान्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले जानकारी दिए ।
१६ जनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ ।
0 comments:
Post a Comment