इलामको माईमा जेठाजुद्वार खुकुरी प्रहार गरी बुहारीको हत्या


इलाम, १९ जेठः इलामको माईनगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन् । माई नगरपालिका वडा नम्बर ३ को सोराली गाउमा गए राती ९ बजे ३९ वर्षिय सन्तोष खातीले आफ्नै भाई दिलबहादुर खतीकी श्रीमती अमृता खातीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन । 
राती अमृतालाई खुकुरी प्रहारी गरी सन्तोष भने फरार रहेकाछन् । गर्दनमा खुकुरी प्रहारबाटगरेर घाइते भएकी अमृतालाई उपचारको लागि झापाको वि एन्ड सी अस्पतालमा लगिएकोमा उनको मंगलबार विहान ११ः३० बजे मृत्यु भएको हो । 
घटनास्थलमा तत्काल प्रहरी पुगेर अनुसन्धान शुरु गरिसकोको जिल्ला प्रमरी कार्यालय इलामले जानकारी गराएको छ साथै फरार अभियुक्तको खोजिकार्य पनि भई रहेको जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment