रोङ स्वास्थ्यकर्मीलाई सम्मान गर्दै पूर्ण खोप गाउँपालिका घोषणा

  • गोबिन्द पौडेल 

रोङ, १९असारः इलामको रोङ गाउपालिका पूर्ण खोप गाउँपालिका बनेको  छ । मंगलबार  गाउपालिकामा आयोजित एक कार्यक्रमको बिच गाउँपालिकालाई पुर्ण खोप घोषणा सगै बिगतमा उत्कृष्ट कार्य सम्पादन गरेबा चारजना स्वास्थ्यकर्मी लाई नगद सहित प्रससापत्रद्वरा सम्मान गरिएको हो ।
यसरी  समानित हुनेहरुमा कोल्बुङ स्वास्थ्य केन्द्रका सिनियर अहेव ब्रमलाल यादव, ल्याव असिस्टेन सोनिका खाम्दाक,सन्ध्या राई रशान्तिपुर स्वास्थ्य चौकिका सिनियर अहेव निर्मल पाण्डे  रहेका छन् ।
उनिहरुले गरेको कामको उच्च मुल्यांकन गर्दै जनहि नगद दश हजार र प्रससापत्र प्रदान गरिएको थियो । साथै रोङ गाउपालिकाको स्वास्थमा उल्लेखनिय योगदान गरे वाफत छिमेकि माई नगरपालिकाका डाक्टर रामकृष्ण आचार्यलाई समेत सम्मान गरिएको थियो ।


जन्मे देखी १५ महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार बिभिन्न तेर वटा रोगको बिरुद्ध  नौ वटा खोप लगाइने  नियमित राष्टिय अभियान अनुसार दिइने र यदि नियमित खोप अभियानमा  कुनैपनि खोप छुटेमा सोह् देखी ५९ महिना भित्र खोज र खोप अभियान अन्र्तगत खोपकोे सुनिश्चित गरेपछि पूर्ण खोपको घोषणा गर्ने प्रकृया रहेको छ ।
रोङ गाउपालिकाले गत चैत्रमा सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु जनप्रतिनिधिहरुको समिति निमार्णगरि घर धुरी सर्भेक्षण गरि खोज अभियान संचालन गरि छुटेका बच्चाहरुलाइ बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको खोपकार्ड नभएका बच्चाहरुको लागि खोपकार्ड बितरण   समेत गरेको थियो । खोप लगाइ सकेपछि पालिका स्तरिय खोप समन्वय समितिले प्रतेक वडाको पन्ध्र पन्ध्र घर धुरी सभेक्षण गरि सबै बच्चाहरुले खोप लगाएको एकिन भएपछि  पूर्ण खोप सुनिश्चित वडा घोषणा हुदा रोङको सबै वडाहरु पूर्ण खोप युक्त वडा घोषण भइसकेकोले आगामी असार १९ गते रोङ गाउपालिका पूर्ण खोप गाउपालिका दिगोपना सुनिश्चि हुन लागेको रोङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य  अधिकृत युवराज काफ्ले बताए।
रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्यता ,स्वास्थ्य  शाखा प्रमुख तथा जनस्वास्थ अधिकृत युवराज काफ्लेले सचालन गरेको कार्क्रमको उदेश्यमाथि स्वास्थ्य कार्यलय ईलामका खोप तथा तथ्याङ्क अधिकृत  गागाधर पण्डिले कार्क्रमको औचित्य माथि प्रस्ट पारेको कार्यक्रमको अध्यक्षता बडा न ३ का अध्यक्ष मात्रिका बरालले गरेका थिए ।
वाल मृत्युदर  र अपाङता घटाउन नेपालमा २०३४ सालवाट बिस्तारित खोप शुरुआत गरिएको थियो भने बि सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार  सोह्  हजार भन्दा बढी खोपकेन्द्रहरुवाट नियमित खोप सेवा दिइने गरेको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेहरुको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट  मानव बिकाश सुचकाङ्क बृद्धि भइ सरकारले आवलम्वन गरेको सहस्रबिध बिकाहको लक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ ,जनसांंखिक सभेक्षण २०११ अनुसार करिव ७८ प्रतिसत बच्चाहरुमा पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment