२० असार २०८०, बुधबार
काठमाडौं । अविरल वर्षका कारण आएको बाढीले मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङमा बिरामीलाई समस्या हुन थालेको छ । जिल्लामा उपचार सम्भव नभएकालाई झापा रिफर गरेर पठाउने गरिएको छ । तर, सडक सञ्जाल नै टुटेपछि भने बिरामीले सास्ती खेप्न थालेका छन् ।
ताप्लेजुङमा सुविधासम्पन्न अस्पताल नहुँदा थप उपचारका लागि झापा जानुपर्ने बाध्यता छ । तर, सडक सम्पर्क टुछेपछि समस्या थपिएको छ ।
अविरल वर्षाका कारण आएको बाढीले हेवा खोला पुल बगाएपछि बिरामीले दुई वटा एम्बुलेन्सको प्रयोग गरेर बिरामीलाई झापा पु¥याउनुपर्ने बाध्यता आइलागेको छ ।
बिरामीलाई सदमुकाम फुङलिङबाट हेवाखोलासम्म एउटा एम्बुलेन्समा लैजानुपर्ने र त्यहाँबाट अस्थायी पुलमा बोकेर खोला पार गराएपछि फेरि अर्को एम्बुलेन्समा राखेर झापा पु¥याउनुपर्ने बाध्यता आइ लागेको हो ।
एक दुई पटक गरेर भए पनि खुलाइएको डाइभर्सन बाढीले बगाएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुका साथै पेट्रोलियम पदार्थको समेत अभाव भएको थियो ।
यसैबीच खुलाइएको डाईभर्सनबाट एक दुईवटा मालबाहाक ट्रक र ट्यांकर भित्रिए पनि पर्याप्त मात्रामा यस्ता सामाग्रीहरु उपलब्ध हुन सकेको छैन ।
ताप्लेजुङलाई सडक सञ्जालबाट जोड्नका लागि ट्रस ब्रिज बनाउने काम भइरहे पनि काममा ढिलासुस्ती देखिएको बताइएको छ ।
१० दिनमै तयार हुने भनिएको पुल निर्माणको काम भइरहेको जानकारी आएको प्रमुख जिल्ला अधिकार गोमादेवी चेम्जोङ्ले बताइन् ।
हेवाखोलाको पुल बगेपछि ताप्लेजुङ सडक सञ्जालबाट जोडिन सकेको छैन् ।
जिल्लाका लागि बाहिरबाट आउने सामाग्री समेत आउन नसक्दा दैनिकी कष्कर बन्न पुगेको छ । अझं, जिल्लामा उपचार सम्भव नबएपछि रिफर पाएका बिरामीले अत्यन्तै सास्ती खेप्न थालेका छन् ।

0 comments:
Post a Comment