इलाम, २५ असारः इलाममा नक्कली छोरा बनी नागरिकता लिन खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बावु भनिएका सूर्योदय नगरपालिका ५ का भुवन सिङ गजमेर र उनले छोरा बनाएका चेतन गजमेर रहेका छन् । चेतनले २०६३ माघ २९ मा जन्म भई सोहि स्थानको आधारमा नागरिकता प्राप्त गर्नको लागि भुवन सिङ गजमेरलाई बाबू बनाई नागरिकताको लागि सिमा प्रशासन कार्यालय पशुपतिनगरमा अनुसुची सहितको सिफारिस पेश गरेका थिए ।
नागरिकता प्राप्तीको लागि सिफारीस पेश गरे पछि कार्यालयको तर्फबाट भएको स्थलगत सर्जमिन गर्दा चेतन गजमेर भुवन सिङ गजमेरको छोरा नभएको पुष्टी भए पछि दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानाएको छ ।
0 comments:
Post a Comment