एसिया कपः श्रीलंकाको अपराजित यात्रा रोकियो, भारत फाइनलमा


इलाम, २७ भदौः एसिया कपको सुपरफोर अन्तरगत श्रीलंकाको कोलोम्बोमा मंगलबार भएको खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । जीत सँगै भारत एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।  
टस जितेर पहिले व्याटीङ राजेको भारतले राम्रो शुरुवात गरे पनि श्रीलंकाली स्पिनरको अगाडि घुँडा टेकेको थियो । भारतले ४९.१ ओभरमा सवै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । भारतकालागि कप्तान रोहित शर्माले सर्वाधि ५३ रन बनाएका थिए । केएल राहुले २९ रन, इशान किशनले ३३ रन र अक्षर पटेलले २६ रन बनाएका थिए । वलिङमा श्रीलंकका स्पिनर दुनिथ वेल्लालागेले ५ विकेट निकाले चरित आसालान्काले ४ विकेट महिस तिक्षानाले १ विकेट निकालेका थिए । 
२१४ रनको लक्ष्य लिएर क्रिजमा उत्रिएको श्रीलंकाको शुरुवत राम्रो रहेन पहिलो पावर प्लेमा नै ३ विकेट गुमाएको श्रीलंका ४१.३ ओभरमा १४२ रनमा समेटीयो । श्रीलंकाकालागि दुनिथ वेल्लालागेले सर्वाधिक ४२ रन र धनन्जय डी सिल्भाले ४१ रन बनाए । भारतका लागि कुलदिप यादवले ४ विकेट, जसप्रीत बुमराह र रविन्द्र जडेजाले समान २/२ विकेट निकाले भने मोहम्मद सिराज र हार्दिक पाण्ड्याले १/१ विकेट लिए । 
यो हार सँगै श्रीलंकाको १३ खेलमा अपराजित यात्रा रोकिएको छ । श्रीलंकाले १४ औँ पटक विरोधी टीमलाई लगतार अलआउट  गर्ने रेकर्ड आफ्नो नाममा गरेको छ । 
अव भारतले वंगलादेशसँग खेल्ने छ भने पाकिस्ता  र श्रीलंका विचको खेलको विजयी टीमले भारतसँग उपाधिका भिड्ने छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment