२६ भाद्र २०८०, मंगलवार
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएका छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।
सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै उक्त सूचना जारी गरेको हो । ७१ वर्षको उमेरमा मंगलबार बिहान नेम्वाङको असामयिक निधन भएको थियो ।
नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि विज्ञप्तिमा उल्लेख छ ।
0 comments:
Post a Comment