अल्बानिया पठाउने भन्दै पौने ३ लाख ठगेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ

२७ भाद्र २०८०, बुधबार 


झापा । वैदेशिक रोजगारीमा पठाउने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी छिन् । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौंको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment